काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४ सय ६१ र एन्टिजेन विधिबाट ४ हजार ९ सय ५३ गरी कुल १२ हजार ४ सय १५ जनाको परीक्षण गर्दा २ हजार ४ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये पीसीआर विधिमा १ हजार ५ सय ११ र एन्टिजेनमा ९ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये काठमाडौंमा ३ सय ४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४ सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय सङ्क्रमित ५० हजार ५ सय २० जना रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ३ हजार २ सय ३४ जना संस्थागत आइसोलेशनमा छन् भने अरु बाँकी सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ जनाले कोरोना जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ५२ जनाको मृत्यु भएको छ ।