काठमाडौं – संवैधानिक इजलासमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गर्नुभएको छ । विश्वासको मत नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन् । बस्न दिनु हुँदैन’, संवैधानिक इजलासमा बुधबार प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदनमा निवेदकको पक्षमा बहस गर्दै उहाँले ,‘ ओलीले सक्दिन भनेर स्वीकार गरेर लिखित रुपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपथ्र्यो–युआर नो मोर प्राइममिनिस्टर ।’

बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत के हो भन्दै प्रश्न पनि गर्नुभएको छ । ‘प्रधानमन्त्रीको काम कारवाही समाधान गर्ने भन्दापनि अवरोध खडा गर्ने भयो । नैतिकता भएन । प्रधानमन्त्रीको पद खेलाँचीको पद हो ?’, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले, ‘नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने ?’ भनी प्रश्न गर्नुभएको छ ।

उहाँले देउवाले संविधानको धारा ७६ को उपधारा (५) अनुसार राष्ट्रपतिसमक्ष आवश्यक सांसद संख्यासहित प्रधानमन्त्रीमा दावी पेश गरेकाले प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।