काठमाडौं – नेपाल टेलिकमको सेवामा प्राविधिक समस्या आएपछि प्रि–पेड र पोष्ट पेड मोबाइल नम्बरमा समस्या देखिएको छ । आज बिहानैदेखि पोष्टपेड र प्रिपेड नम्बरमा फोन सम्पन्न नहुने समस्या देखिएको हो ।
टेलिकमको प्राविधिक पक्ष कमजोर बन्दै जाँदा समय समयमा सेवाग्राहीहरुले यस्ता समस्या झेल्दै आएका छन् । टेलिकमको सिष्टममा समस्या आएको र समाधानको प्रयास भइरहेको नेपाल टेलिकमले जनाएको छ ।