काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय ३ र एन्टिजेन विधिबाट ८ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३ सय ४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १ सय २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । देशभर हालसम्म ५ लाख ६४ हजार ८ सय ८२ जना निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । यही अवधिमा थप ४ हजार ९ सय ५४ जना सङ्क्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८ सय १३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।