काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता सुनिल थापा समुहका ५५ जनालाई काङ्ग्रेस महासमिति सदस्यमा मनोनित गरेको छ । काङ्ग्रेस केन्द्रीय समितिको निर्णयअनुसार काङ्ग्रेस सहमहामन्त्री बनेका सुनिल थापासहित हित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, किरण गिरी, बृजलाल यादव, बाबुराम बस्नेतलगायतहरुलाई महासमिति सदस्यमा समायोजन गरिएको हो ।

सानेपास्थित काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी समायोजनको सहमति अनुसार उनीहरुलाई महासमिति सदस्यमा मनोनित गरिएको हो । नेता थापा वर्ष साउन १३ गते आफ्ना केही समर्थकहरु लिएर नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका थिए ।