काठमाडौं — देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत चौबीस घन्टामा ६ हजार ५ सय ८३ पीसीआर तथा ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ३ हजार १ सय ३० जना निको भएर घर फर्केका छन् भने ४६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ । हाल देशभर ५३ हजार ९ सय ४० सक्रिय सङ्क्रमित रहेका छन् ।