काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य विस्तारै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य ९० हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा चार सयले बढेर ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ५० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।