काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ५१ जनाको मृत्यु भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घन्टामा ६ हजार ६ सय ७७ पीसीआर तथा ४ हजार २ सय ४९ एन्टिजेन परीक्षण भएको छ ।
आज ३ हजार ४ सय ५६ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार मुलुक भर अहिले ५५ हजार ५ सय ३२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म ८ सइ ७१ जनाको आईसीयु तथा २ सय ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४५०, ललितपुरमा ५३ तथा भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।