काठमाडौं – काङ्ग्रेसको महाधिवेशन आउन अब दुई महिना बाँकी छ । सभापति शेरबहादुर देउवा हिजो आफु पुनः सभापतिमा उठ्ने भने पछि काङ्ग्रेसको राजनीति तरङ्गित बनेको छ । आज सभापति देउवाले बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग आफ्नै निवासमा बोलाएर आफ्नो उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो । आजको छलफलमा नेता कृष्णप्रसाद सिटौला पक्षका नेताले सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न देउवालाई सुझाएका छन् ।

नेता भीमसेनदास प्रधानले नेता सिटौलालाई पार्टीको कार्यवाहक सभापति दिएर अघि बढेमा महाधिवेशनमा पुनः सभापतिको नेतृत्व लिन सहज हुने देउवालाई सुझाएका छन् । अन्यथा सभापतिमा पुनः जित्न गाह्रो हुने देउवालाई घुमाउरो शैलीमा चेतावनी पनि दिए । देउवालाई अब विमलेन्द्र निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने समेत प्रधानले सुझाएको स्रोतले बताएको छ ।