काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । उहाँको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । नेपाली काङ्ग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बन्नुभएको थियो ।