काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना सङ्क्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अुनसार हाल देशभर ५७ हजार ६ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।