ब्राजिलमा भैरहेकोकोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले उरुग्वेलाई हराउँदै पहिलो जित निकालेको छ । नेपाली समय अनुसार आज बिहान पौने ६ बजे सुरु भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पछि पार्दै कठिन जित दर्ता गराएको हो । खेल सुरु भएको १३ औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अन्तत यही गोल उसको जितको लागि निर्णायक भयो । खेलमा गोल गर्ने अवसर पाए पनि अर्जेन्टिना गोल गर्नबाट चुक्दा १–० गोल अन्तरमै चित्त बुझाउन पर्यो ।

अजेन्टिना पहिलो खेलमा अन्तिम समयमा समालिन नसक्दा चिलीसँग १–१ गोलकोे बराबरीमा रोकिन पुगेको थियो । अर्जेन्टिनाले अर्को चरणमा प्रवेश सुनिश्चितता हुन सकेको छ्रैन् । दुई खेलबाट अजेन्टिनाले ४ अङ्कमात्र जोडको छ ।
यता उरुग्वेले पनि खास खेल कौसलता देखाउन भने सकेन । पाएका केही अवसरलाई उसले सदुपयोग गर्न नसक्दा अर्जेन्टिनासँग पराजय भोग्न पुग्यो । स्वारेजले गरेको प्रहार पोलमा लागेर फर्किदा उरुग्वे अभागी सावित भयो ।