काठमाडौं – नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच आन्तरिक छलफल सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काङ्ग्रेस नेताहरुमा बहस जारी रहेको हो ।

बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताउनु भएको थियो । आजै बैठक सम्पन्न गरिने भन्दै शीर्ष नेताको तहमा अहिले छलफल भइरहेको नेपाली काङ्ग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिनुभएको छ ।