काठमाडौं – पूर्वसांसद तथा निष्ठावान नेताका रूपमा परिचित नेपाली काङ्ग्रेसका पुराना नेता कृष्णसिंह परियारको निधन भएको छ । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो ।

मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको ७५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको उनका छोरा गौतम परियारले जानकारी दिनुभएको छ । २०४६ को जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिको सभापति हुनुभएको थियो ।

उहाँका २ श्रीमती, ३ छोरी र ४ छोरा छन् । जेठी श्रीमतीको २ महिनापहिले कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । उहाँ कान्छी श्रीमतीसँग नेपालगन्ज १२ कोरियनपुरमा बस्दै आउनु भएको थियो ।