काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय ४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार १२ हजार ४ सय ८४ जनामा परीक्षण गर्दा २ हजार ६ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै हालसम्म ४ लाख ४५ हजार बढी सङ्क्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।