काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध संगठित भएका नेकपा एमाले माधवकुमार नेपाल पक्षसहितका पाँच राजनीतिक दलले सरकारले प्राकृतिक विपत्तिको सामना गर्न कुनै पूर्व तयारी नगरी गैरजिम्मेवार रुपले प्रस्तुत भएको आरोप लगाएका छन् ।

बिहीबार पछिल्लो पटक मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको सन्दर्भमा संयुक्त विज्ञप्ति निकाल्दै उहाँहरुले सरकारबाट प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी सरकार गैरजिम्मेवार भइरहेको अरोप लगाउनु भएको हो ।

विपक्षी गठबन्धनद्वारा बाढी, पहिरो, डुवानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्दार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसमक्ष माग गरिएको छ ।