काठमाडौं – नेपाल सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने प्रक्रिया तत्काल सुरु गर्ने बताएको छ । सरकारको घोषणा अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेकोे बैठकले चीनबाट ४० लाख मात्रा खोप किन्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका प्रमुख बालानन्द शर्माका अनुसार १० लाख मात्रा खोप जुन भित्रै ल्याउने गरी प्रक्रिया सुरु भएको छ । चीनले खोप तत्काल नेपाललाई खोपको मात्रा उपलब्ध गराउन सक्ने जानकारी दिएकोले खोप खरिद प्रक्रिया सुरु गर्न लागिएको भन्दै आगामी जुनसम्ममा खोप आइपुग्ने बताएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीनको सिनोफार्म कम्पनीबाट खोप खरिद गर्ने निर्णय गरेको थियो ।