काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ । आज देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना सङ्क्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना सङ्क्रमित थपिएका हुन् ।