काठमाडौं – जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टर (जिम हल)का सञ्चालकलाई पक्राउ गरेको छ । जिमखाना सञ्चालक र कामदारलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिम हल सञ्चालकलाई १ लाख र कामदारलाई ५ हजार जरिवाना गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर जिम हल खोल्न रोक लगाएको छ ।