काठमाडौं –मनाङको चामेमा राहत सामग्री लिएर गृह मन्त्रालयले हेलिकोप्टर पठाउन लागेको छ । तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री सहित ‘खाद्यान्न, टेन्ट लगायत पठाउने तयारी गरिएको र त्यहाँ पुगेर यही हेलिकोप्टर उद्दार कार्यमा पनि खटिने जानकारी दिनुभएको छ ।’

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासो गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ । अहिले प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।