काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री एवंम पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटर स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता खनाललाई महासचिव पोखरेलले आज बुधबार अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।

ज्वरो आएपछि रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि नेता खनाललाई गत सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नेता खनाललाई आजै थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजान लागिएको छ ।