फाइल फोटो
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाद्वारा आफ्नो पार्टीका बाढी तथा पहिरोका कारण विपदमा परेका जनतालाई उद्धार गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सभापति देउवाले बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आपतमा परेका सबैलाई आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत् केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङ लगायतका क्षेत्रमा बाढी पहिरो र कटानले विकराल रुप लिएको उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । काङ्ग्रेस सभापति देउवाले यो कठिन अवस्थामा नेपाली उद्धार र राहतमा खटिन कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।