काठमाडौं – मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिलोले धनजनको क्षति हुन थालेको छ । विशेषगरी नेपालको मध्यक्षेत्र बढी प्रभावित भएको छ । मनाङ, लमजुङ, बाग्लुङ, पाल्पा, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा अत्यधिक वर्षा भएका कारण बाढी र पहिरोले क्षति पुर्याएको छ । विशेषगरी बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरु बढी प्रभावित भएका छन् ।को मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीका कारण केही पक्की तथा झोलुङ्गे पुल बगेका छन् ।


दुई दिनदेखि परेको अविरल वर्षाले गर्दा मनाङ जिल्लाको चामेमा रहेको हुलाक कार्यालय सहित ५ घर मस्र्याङ्दीको बाढीले बगाएको छ भने नासाेंमा गाउँ नै विस्थापित भएको छ । त्यस्तै पहिरोकै कारण बाग्लुङमा १४ परिवार विस्थापित भएका छन् । पाल्पा, स्याङजा, पर्वत र म्याग्दीका सडकहरु अवरुद्ध भएका छन् भने कास्कीको मादी गाउँपालिकामा निर्माणधिन सुपर मादी जलविद्युत आयोजनामा ठूलो क्षति भएको छ । त्यस्तै गोरखाको आरुघाट गाउँपालिका–२ मा पर्ने ठोट्नेरी खोलाले बगाउँदा बर्दिया घर भै गोरखामा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ ।