काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज सोमबार देशभर ५३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । हाल देशभर ६५ हजार ८ सय ४जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत चौबीस घन्टामा ९ हजार ४ सय ३८ पीसीआर तथा ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण भएको छ ।काठमाडौं उपत्यकामा आज थप ६ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ३ सय ९६, ललितपुरका १ सय ४५ तथा भक्तपुरका ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।