काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्रै घर–घरमा खानेपानी आउने गरी कार्यतालिका प्रकाशित गरेको छ । कीर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी आउनेछ भने ललितपुर क्षेत्रमा १२ दिनको अन्तरमा पानी आउनेछ ।

असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएपछि पानी अभावले गर्दा ठाउँ हेरेर २ देखि १२ दिनको अन्तरमा एकपटक पानी आउने गरी तालिका प्रकाशित गरिएको छ ।

गत चैत १५ गतेदेखि काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण गरिएको थियो । असार १ देखि दुई महिना मेलम्चीको पानी सुरूङ परीक्षण गर्न बन्द गर्न लागिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने गरिएको थियो। उक्त पानी रोकिएपछि उपत्यकाभित्र पानीको समस्या हुने देखिएको छ ।

हेर्नुस् कुन ठाउँमा कति दिनमा आउँछ पानी :