काठमाडौं– यस वर्षको मनसुन सुरुभएसँगै देशभर एकैसाथ फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए छ । अब विस्तारै मनसुन सक्रिय हुन थालेको भन्दै देशका विभिन्न क्षेत्रमा हल्कादेखि अत्यधिक रुपमा वर्षा हुने महाशाखाले जनाएको छ । विगतको भन्दा यस वर्ष धेरै वर्षा हुनसक्ने र बाढी पहिरोले धेरै क्षति पुर्यान सक्ने भन्दै सबै पक्षलाई सतर्क रहन समेत मौसमविद्हरुले आग्रह गरेका छन् ।

आज पनि बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । हिजो पनि देशका अधिकांश भागहरुमा मौसममा बदलिभै हल्कादेखि ठूलो पानी परेको थियो । आज सोमबार दिउँसो र राती पनि देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन महाशाखाका मौसमविद्ले बताएका छन् ।

यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । प्रदेश १, २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको रहेको भन्दै आवश्यक सतर्कता अपनाउने समेत आग्रह गरेका छन् ।