फाइल तस्बिर


काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्न थालेपछि गतिविधिलाई केही खुकुलो बनाएर एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । कुन मोडालिटीमा निषेधाज्ञा थप गर्ने भन्ने विषयमा उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुख–सिडिओहरुको बैठक बसिरहेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार उपत्यकामा केही खुकुलो बनाएर एक साता निषेधाज्ञा थप गर्ने तयारी भैरहेको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिंदै छ । काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा हुँदै आएको छ ।

व्यवसायीहरुको माग र आर्थिक गतिविधिलाई विस्तारै चलायमान बनाउन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा अहिले छलफल भैरहेको छ ।