काठमाडौँ– आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षणगर्दा उक्त सङ्ख्यामा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखापरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज कोरोना भाइरसकै कारण ६१ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७१ हजार ३०१ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ६ लाख ६ हजार ७७८ पुगेको छ ।
यसैगरी आज पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । यो सङ्ख्यासँगै हालसम्म कोरोना भारइसको सङ्क्रमणबाट मुक्त हुनेको सङख्या ५ लाख २७ हजार १११ पुग्ेको भने हालसम्म देशभर कोरोनाकै ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ३६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।