काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५ सय ८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १८ हजार ७ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३ सय ५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८ सय १६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ सङ्क्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय सङ्क्रमितको संख्या घट्दै ७५ हजार २ सय ७५ पुगेको छ । यसमध्ये ६९ हजार ६ सय ८६ जना होम आइसोलेसन, ५ हजार ५ सय m८९ जना संस्थागत आइसोलेसन, १ हजार १ सय ८९ जना आईसीयूमा र ३ सय ६६ जना भेन्टिलेटरमा रहेका छन् ।