काठमाडौं – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ । बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा एमाले नेता माधवकुमार नेपाल सामेल हुनुभएको छ भने ओलीविरुद्धको रहनु भएका एमाले वरिष्ठ नेता झलनाथ खनालले भर्चुअलरुपमा सहभागिता जनाउनु भएको छ ।


बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा उपस्थित हुनुभएको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि सामेल रहनु भएको छ ।