काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गर्दै आउनु भएको थियो ।

प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुट्नु भएका सभामुख अग्निप्रसाद सापकोटाले आज शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नु भएको छ । सभामुख सापकोटाद्वारा आज दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।