काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बिहीबार सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभयो । सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिदैं सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिएको छ ।
थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।