काठमाडौं — प्रधानमन्त्री केपी ओलीले सरकार पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गर्नु भएका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ–राजेन्द्र पक्षलाई सरकारमा ल्याएर आफ्नो नेतृत्वको सरकारको आयु बढाउने कसरत गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले आज दिउँसो जनता समाज पार्टीको महन्थ–राजेन्द्र पक्षका शीर्ष नेताहरुसँग छलफल गरेपछि सरकार पुनर्गठनको टुङ्गो लागेको हो । प्रधानमन्त्रीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले भेटवार्ता गरेका थिए ।
ओली सरकारले जसपा महन्थ ठाकुर पक्षले उठाएका मुद्दाहरुलाई सम्बोधन गरेपछि जसपा महन्थ–राजेन्द्र पक्ष आठ मन्त्रालय लिएर सरकारमा सहमागी हुने भएको हो ।