काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यस्तै ६ हजार ४ सय ९१ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै १ सय १४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४ सय ८० जनामा परीक्षण भएको थियो । 
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगको छ । यस्तै सक्रिय सङ्क्रमितको संख्या १ लाख ६ हजार ४ सय ७० जना रहेको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ३ सय ८६ रहेको छ ।