दाङ– लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटका लागि भएको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ नेपाली काङग्रेसका उम्मेदवार हुनुहुन्छ । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेर निर्वाचित हुनु भएको हो ।
बागमती प्रदेशमा जेठ ६ गते भएको उप–निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काङ्ग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गर्नुभएको थियो । सत्ताको डाडु पनियो समातेको एमालेलाई दुबै उप–निर्वाचनबाट नराम्ररी झट्का लागेको छ ।