काठमाडौं –राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान सकिए लगत्तै मतगणा सुरु भएको छ । केही बेरअघि सम्पन्न मतदानमा २९७ मत खसेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख २१४ जना र पदेश सभाका ८३ जनाले मतदान गरेका छन् । जम्मा ३ सय मतदाता रहेकोमा तीन जनाले मतदान गरेनन् ।
स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले  मतदान नगरेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।