दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको लागि आज भएको उप–निर्वाचनमा २ सय ९७ मत खसेको छ । कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको हो । स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी २ सय १४ जनाले मतदान गरेका छन् । उक्त उप–निर्वाचनमा स्थानीय तहको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा साथै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र गुल्मीजिल्लाको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा भने मतदानमा सहभागी हुनुभएन ।

मतदान सकिएको केही समय पछि उप–निर्वाचनको मतगणना हुने प्रदेशस्थित निर्वाचन आयोगले जनाएको छ । मतगणनाको परिणाम ५ बजेसम्म आइसक्ने बुझिएको छ । नेकपा एमालेका तर्फबाट माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेका चन्द्रबहादुर खड्का र नेपाली काङ्ग्रेसका दृगनारायण पाण्डे उम्मेदवार हुनुहुन्छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।