काठमाडौं –नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले संविधान नै सङ्कटमा परिरहेको बताउनु भएको छ । बागमती प्रदेशसभाको संसद अधिवेशनमा नेतृ शाक्यले भन्नुभयो, ’संविधान नै सङ्कटमा पर्ने स्थिति बनिरहेको अवस्था छ ।’उहाँले जनताको प्रतिनिधित्व भएको र लोकतान्त्रिक हिसाबले छलफल गर्ने प्रतिनिधिसभा नभएकाले परिस्थिति सहज नभएको बताउनुभयो ।
उहाँले लहड र दम्भमा कसैले पनि संविधान र लोकतन्त्रमाथि धावा बोल्न नहुने बताउनुभएको छ । यो व्यवस्था बचाउन सकेमात्र देशले मुहार फेर्ने उहाँको ठहर छ । शाक्यले संवैधानिक लोकतन्त्र, सार्वभौमिकता तथा संविधान सत्ताको नेतृत्वमै बसेकाहरूबाट अफ्ठ्यारोमा नपरोस् भन्दै सचेत गराउनु भएको छ ।