काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटि बैठक आज पनि बस्न सकेन । हिजो आइतबार ५ बजे बस्ने भनिएको बैठक आज सोमबार बिहान १० बजेका लागि सारिएको थियो । उक्त बैठक भोलि मङ्गगलबार ११ पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने गरी तय भएको छ ।
एमाले भित्रको विवाद उत्कर्समा पुगेपछि केही दिन अघि वरिष्ठनेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत ११ जनालाई पार्टीबाट निस्काशन गरिएको थियो भने घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण सोधिएका ति नेताहरुलाई कारवाही गर्र्ने विषयमा छलफल गर्न स्थायी समितिको बैठक आइतबारको लागि राखिएको थियो ।
पार्टी भित्रको विवाद र देशको समसायिक राजनीतिक अवस्थाका बारेका विस्तृत छलफल गरेर अगाडि बढ्न स्थायी कमिटीको बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।