काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९ सय ८६ गर्दा ३ हजार ७ सय २ जना तथा एन्टिजेन विधिबाट  १ हजार ७ सय ८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा ६ हजार २ सय ५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १ सय ९ जनाले ज्यान गुमाएका छन् ।
परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि सङ्क्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा सङ्क्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७ सय ७० मात्र रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  थप १ हजार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा ८ सय ४, ललितपुरमा १ सय ७६ र भक्तपुरमा १ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।