काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज आइतबार साँझ ५ बजे बस्ने गरी बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ । बैठक भोली सोमबार बिहान १० बजेका लागि बोलाइएको बताउनुभएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणबारे छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउनेबारे छलफल हुने बताइएको छ ।