काठमाडौं – संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा गठबन्धनले विश्वस्त व्यक्त गरेको छ । संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा विपक्षी गठबन्धनको आह्वान  छ । विपक्षी गठबन्धनको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहभागी नहुन राज्यका सबै निकायलाई आग्रह गरेको छ ।
आज बिहानै काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काङ्ग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो । विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।
 यस्तो छ संयुक्त विज्ञप्ति :