काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  आज ६ हजार ८० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ सय १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७ सय ५२ जनामा कोरोना परीक्षण भएको थियो । 
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार १ सय ६३ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १५ हजार ५ सय ९जना  रहेको छ ।