काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीन अध्यादेश जारी गर्नु भएको छ ।  संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गर्नु भएको हो । आज शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको बैठकले ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।