काठमाडौं  – नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको पहलमा बसुन्धारामा अवस्थित केडिसी पिसिआर ल्यावले पत्रकारहरुलाई पचास प्रतिशत छुटमा पिसिआर परिक्षण गरिदिने भएको छ । कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याब व्यवस्थापन र महासङ्घ काठमाडौं शाखा बीच उक्त सम्झौता भएको हो ।
पत्रकार महासङ्घ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखा सदस्यहरु, ललितपुर शाखा सदस्यहरु, भक्तपुर शाखा सदस्यहरु, सम्पुर्ण प्रतिष्ठान शाखाका सदस्यहरु र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र देखाएर यो सुबिधा लिन सक्नेछन् । महामारीको समयमा पत्रकारहरुले आफ्नो जिवनको प्रवाह नगरि अग्र भागमा रहेर नागरिकलाई सुसूचित गराउँने हुँदा सामाजिक दायित्व अनुसार यो छुटको व्यवस्था गरेको ल्याव प्रशासन प्रमुखले जानकारी दिनु भएको छ ।