काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ । अहिले देशभर बदली भइरहेको र थुप्रै स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ । भोलि देशभर बदली रही पहाडी भू–भागका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै सोमबार देशभर बदली हुने तथा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित पानि पर्ने छ । बागमती र प्रदेशका १ का केही स्थानमा भारी वर्षा हुने महाशाखाको पुर्वानुमान छ ।