काठमाडौं – अस्तित्वमा रहेका ४४ संस्थान मध्ये १८ वटा संस्थान घाटामा गएका छन् । यिनीहरुको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको हो  । शुक्रबार सार्वजनिक भएको सार्वजनिक संस्थानको बार्षिक स्थिति समीक्षाले १८ संस्थान नोक्सानमा गएको देखाएको हो । तर २४ वटा संस्थान भने नाफामा रहेको देखिएको छ ।
उनीहरुको नाफा ४.२८ प्रतिशतले बढेको हो । संस्थानहरूमा नेपाल सरकारको कुल लगानी गत वर्षको भन्दा ११.८२ प्रतिशतले बृद्धि भएको छ । सार्वजनिक संस्थानमा सरकारको लगानी आर्थिक वर्ष २०७६/०७७ मा ७ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । विद्युत उत्पादन प्रसारण लाइन, विमानस्थल निर्माण, खानेपानी वित्तिय क्षेत्रमा केही लगानी बृद्धि जस्ता कारणले सरकारको लगानी बढ्न गएको हो ।