काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले स्वास्थ्यकर्मीमाथि आक्रमण ड्युटीमा रहेका सुरक्षाकर्मीहरुमाथिको आक्रमण जत्तिकै दण्डनीय भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले बजेटको पूर्वसन्ध्यामा नीति तथा कार्यक्रमबारे जानकारी गराउने क्रममा भेरी अस्पतालमा बिहीबार राति भएको स्वास्थ्यकर्मीहरुमाथि आक्रमणको सन्दर्भमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरुमाथिको आक्रमण निन्दनीय र दण्डनीय रहेको बताउनु भएको हो ।