काठमाडौं – नेपालमा दिनप्रतिदिन नयाँ सङ्क्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९ सय ५१ जना सङ्क्रमित थपिएका छन् । २० हजार १ सय १० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ९ सय ५५ र एन्टिजेन विधिबाट ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । 
हाल सक्रिय सङ्क्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ रहेको छ । यही अवधिमा थप ९ हजार ८ सय ४१ जना निको भएका छन् । हालसम्मका सङ्क्रमितमध्ये ४ लाख २८ हजार ६ सय ७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ । त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७  जना पुगेको छ ।आज काठमाडौं उपत्यकामा २ हजार ३ सय २४ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ७ सय ९६, भक्तपुरमा २ सय १३ र ललितपुरमा ३ सय १५ जना सङ्क्रमित थपिएका हुन् ।