नेपालगञ्ज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जको भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले विज्ञप्ति जारी पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको माग समेत गरेको छ ।
   ‘यसरी कहीँकतै कसैले कुनैपनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अनुरोध छ’, स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।